बिश्व

‘इरानसँगको वार्तामा परमाणु विज्ञ उपस्थित हुनुपर्छ’

एजेन्सी
२०८३ बैशाख ११ | मध्यान्ह ०३:०१ बजे

काठमाडौँ । युरोपेली सङ्घ (इयू)की विदेश नीति प्रमुख काजा कल्लासले इरानसँग हुने सम्भावित वार्तामा परमाणु विज्ञहरू अनिवार्य रूपमा सहभागी हुनुपर्ने बताएकी छिन् । उनका अनुसार वार्तामा प्राविधिक विज्ञहरूको उपस्थिति भएन भने यस पटक हुने सम्झौता सन् २०१५ को सम्झौताभन्दा पनि कमजोर हुने खतरा छ ।

वार्ता केवल राजनीतिक तहमा सीमित रह्यो र परमाणु विज्ञहरू टेबलमा भएनन् भने नतिजा कमजोर हुने साइप्रसमा अनौपचारिक इयू नेताहरूको बैठकअघि उनले भनिन् ।वार्तामा इरानका क्षेप्यास्त्र कार्यक्रम, क्षेत्रीय गतिविधि, प्रोक्सी समूहहरूलाई समर्थन, साथै युरोपमा हुने साइबर र हाइब्रिड गतिविधिहरूलाई पनि सम्बोधन गर्नुपर्ने आवश्यकता रहेकोमा उनले जोड दिएकी छिन् । 

अन्यथा अझ खतरनाक अवस्था सिर्जना हुन सक्ने उनको चेतावनी छ । सन् २०१५ मा भएको सम्झौतामा इरानले आफ्नो आणविक गतिविधि सीमित गर्न र युरेनियम प्रशोधन तथा भण्डारण घटाउन सहमति जनाएको थियो । 

यसको बदलामा केही अन्तर्राष्ट्रिय प्रतिबन्धहरू हटाइएको थियो । तर सन २०१८ मा आफ्नो पहिलो कार्यकालमा डोनाल्ड ट्रम्पले उक्त सम्झौताबाट अमेरिकालाई बाहिर निकालेका थिए। 

कमेन्टहरु