बिश्व

अफगानिस्तानमा बाढीका कारण ६ जनाको मृत्यु

एजेन्सी
२०८३ बैशाख १० | मध्यान्ह ०६:०१ बजे

काबुल । अफगानिस्तानका विभिन्न भागहरूमा भएको भारी वर्षाका कारण आएको आकस्मिक बाढीमा परी कम्तीमा ६ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बिहीबार पुष्टि गरेका छन् ।

पश्चिमी बदघिस प्रान्तको प्राकृतिक विपद् व्यवस्थापन समितिका प्रमुख मावलावी बारिदाद साबेरले भारी वर्षा पछि बुधबार राति बाला मुर्घाब जिल्लाका विभिन्न क्षेत्रहरूमा बाढी आएको बताएका छन् ।बडघिस प्रान्तमा बाढीका कारण तीन बालबालिका र दुई महिलासहित पाँच जनाको मृत्यु भएको अधिकारीले बताएका छन् भने बाढीले प्रभावित क्षेत्रका आवासीय घर र कृषि जग्गामा क्षति पुर्याएको छ ।

अफगानिस्तानको उत्तरमा रहेको समङ्गान प्रान्तमा दारा–इ–सुफ पायिन जिल्लामा भारी वर्षा पछि बिहीबार आएको बाढीमा एक जनाको मृत्यु भएको प्रान्तीय प्रहरीले जनाएको छ ।

उत्तरी फरयाब प्रान्तको विभिन्न भाग बाढीले बगाएको भएता पनि कुनै हताहत नभएको जनाइएको छ । अफगानिस्तानको मौसम विभागले बिहीबार देशका केही भागमा थप वर्षा र बाढीको पूर्वानुमान गरेको छ ।

कमेन्टहरु