
एजेन्सी
२०८३ बैशाख १० | मध्यान्ह ०४:०१ बजे

काठमाडौँ । विश्व समुदाय अहिले निकै ठुलो ऊर्जा सङ्कटको सङ्घारमा उभिएको छ । विश्वले ऊर्जा सुरक्षाको इतिहासकै “सबैभन्दा ठुलो खतरा” को सामना गरिरहेको अन्तर्राष्ट्रिय ऊर्जा निकायकाका कार्यकारी निर्देशक फतिह बिरोलले बताएको भन्दै राेयटर्सले समाचार छापेको छ ।
उनका अनुसार ऊर्जाको मूल्यमा भएको तीव्र वृद्धिका कारण मागमा कमी आउने सम्भावना छ । “हामी मूल्य वृद्धिको प्रभावले मागमा गिरावट देख्नेछौँ, साथै केही अवस्थामा सरकारले लिएका वा लिन सक्ने उपायहरूले पनि यसमा असर पार्नेछ,” उनले भने ।


















