पटका कारखानामा विस्फोट हुँदा १३ जनाको मृत्यु


काठमाडौँ । भारतको केरा राज्यमा पटाका कारखानामा भएको भीषण विस्फोटमा कम्तीमा १३ जनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन् । करिब ४० जना कामदारहरू एक अस्थायी गोदाममा पटाका बनाउँदै गर्दा विस्फोट भएको थियो । घटनामा अन्य धेरै घाइते भएका छन् ।जसमा कम्तीमा पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।विस्फोट मंगलबार दिउँसो करिब ३ः३० बजे भएको थियो र त्यसपछि थप साना विस्फोटहरू हुँदा उद्धार कार्य प्रभावित भएको थियो ।
विस्फोटको झट्का धेरै किलोमिटर टाढासम्म महसुस गरिएको र आसपासका घरहरूमा समेत क्षति पुगेको बताइएको छ । प्रत्यक्षदर्शीहरूले घटनास्थलमा भागाभागको अवस्था भएको बताएका छन्, जहाँ स्थानीय बासिन्दाहरूले घाइते र मृतकहरूलाई बाहिर निकाल्न सहयोग गरेका थिए ।
यो घटना तीन दिनभित्रको दोस्रो हो । यसअघि तमिल नाडुमा आइतबार भएको अर्को पटाका कारखाना विस्फोटमा कम्तीमा २५ जनाको मृत्यु भएको थियो । भारतमा पटका उद्योगमा यस्ता दुर्घटनाहरू बारम्बार हुने गरेका छन् ।






















