प्रबास

भारत भ्रमणमा आउँदैछन् कान्ये वेष्ट

एजेन्सी
२०८३ बैशाख ९ | मध्यान्ह ०३:०१ बजे

काठमाडौँ । अमेरिकी र्‍यापर कान्ये वेस्टले भारतमा पर्फम गर्ने भएका छन् । रिपोर्टका अनुसार कान्ये वेस्टको भारतमा डेब्यू कन्सर्ट पुष्टि भएको छ । सुरुमा मार्चमा तय गरिएको कन्सर्ट अन्तर्राष्ट्रिय परिस्थितिका कारण स्थगित गरिएको थियो । अब, कार्यक्रम नयाँ मितिसहित पुनः तालिकाबद्ध गरिएको छ ।र्‍यापर आफैँले सामाजिक सञ्जालमा यस कन्सर्टको जानकारी शेयर गरेका छन् । यो भारतमा उनको पहिलो प्रत्यक्ष प्रस्तुति हुनेछ । यो उनको एकल कन्सर्ट हुने बताइएको छ ।

कहिले र कहाँ हुनेछ कन्सर्ट ?

रिपोर्टका अनुसार यो कन्सर्टमा हाई लेबल स्टेज, ठुला भिजुअल्स र शानदार ध्वनि अनुभव देख्न पाइनेछ । यसमा कान्येले आफ्नो करियरका धेरै हिट गीतहरू पनि प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

यो कार्यक्रम २०२६ को मे २३ मा नयाँ दिल्लीको जवाहरलाल नेहरू स्टेडियममा हुनेछ । विश्वभरका धेरै देशहरूमा कान्येका कन्सर्टलाई लिएर विवाद र रद्दका खबर आइरहँदा भारतमा कन्सर्ट गर्न लागेको खबर आएको छ ।

कमेन्टहरु