इरानसँग सम्बन्धित १४ संस्था तथा व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध


वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने घोषणा अघि तेहरानमाथि आर्थिक दबाब दिने अभियानलाई निरन्तरता दिएका छन् । अर्थ मन्त्रालयअन्तर्गतको विदेशी सम्पत्ति नियन्त्रण कार्यालय (ओएफएसी)ले जारी गरेको विज्ञप्तिमा इरान, टर्की र संयुक्त अरब इमिरेट्स (यूएई)मा आधारित १४ व्यक्ति, संस्था र विमानमाथि प्रतिबन्ध लगाइएको जनाएको छ ।
उनीहरूलाई इरान सरकारको तर्फबाट हतियार वा हतियारका पुर्जाहरू खरिद तथा ढुवानीमा संलग्न भएको आरोप लगाइएको छ । यस प्रतिबन्धअनुसार, ती व्यक्ति वा संस्थाका अमेरिकाभित्र रहेका सम्पत्ति तथा स्वार्थहरू रोक्का गरिनेछ र त्यस्ता सम्पत्तिबारे जानकारी दिन अनिवार्य हुनेछ । साथै, अमेरिकी नागरिकहरू, अमेरिकाभित्र रहेका गैर–नागरिकहरू वा ट्रान्जिटमा रहेका व्यक्तिहरूलाई समेत ती संस्था वा व्यक्तिसँग कुनै पनि प्रकारको आर्थिक कारोबार गर्न प्रतिबन्ध लगाइएको छ ।
















