प्रबास

सन्यास लिँदैछन् डेभिड धवन ?

एजेन्सी
२०८३ बैशाख ८ | मध्यान्ह ०५:०१ बजे

काठमाडौँ । भर्खरै मात्र ‘है जवानी तो इश्क होना है ’को टिजर रिलिज भएको छ । डेभिड धवन निर्देशित यो फिल्म चाँडै नै थिएटरमा रिलिज हुँदैछ । तर त्यसअघि डेभिडले आफ्नो करियरको बारेमा महत्त्वपूर्ण प्रतिक्रिया दिएका छन् । जुन अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

एएनआईसँगको एक अन्तर्वार्तामा डेभिड धवनले ‘है जवानी तो इश्क होना है’ आफ्नो अन्तिम फिल्म हुन सक्छ भनेर भनेका छन् । ‘मलाई लाग्दैन कि मैले अब कुनै पनि फिल्म गर्नुपर्छ । यो मेरो अन्तिम फिल्म हुन सक्छ । यसपछि, म केवल वरुणको बुबा हुनेछु, ’ धवनले भने ।

धवन तीन दशकभन्दा बढी समयदेखि बलिउडमा छन् । यस अवधिमा उनले ४५ भन्दा बढी फिल्मको निर्देशन गरेका छन् । उनले सञ्जय दत्त, अनिल कपूर, गोविन्दा र सलमान खान जस्ता प्रमुख स्टारहरूसँग काम गरेका छन् । धवन आफ्नो सफलताको श्रेय उनका गुरु फिल्म निर्माता तथा निर्देशक मनमोहन देसाईलाई दिन्छन् ।

‘है जवानी तो इश्क होना है’ २०२६ को मे २२ मा सिनेमा घरहरूमा रिलिज हुँदैछ । यो फिल्म बलिउड अभिनेता वरुण धवनका बुबा तथा अनुभवी निर्देशक डेभिड धवनले निर्देशन गरेका हुन् । ‘मैं तेरा हिरो’ र ‘ जुडवा २’ वरुण र डेभिडले एकसाथ काम गरेको यो तेस्रो फिल्म हो। फिल्ममा वरुण धवन, मृणाल ठाकुर र पूजा हेगडे मुख्य भूमिकामा देखिदैँछन्। 

 

कमेन्टहरु