ट्रम्पले दबाब बढाइरहँदा क्युबा पुगे उच्चस्तरीय अमेरिकी प्रतिनिधिमण्डल


हभाना । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबामाथि दबाब बढाइरहेका बेला एउटा उच्चस्तरीय अमेरिकी प्रतिनिधिमण्डलले हालै क्युबा पुगेर त्यहाँका सरकारी अधिकारीहरूसँग भेटवार्ता गरेको छ । यो करिब एक दशकयताकै सबैभन्दा उच्चस्तरीय अमेरिकी भ्रमणमध्ये एक मानिएको छ, जुन क्युबामाथि जारी आर्थिक दबाब र सम्भावित सैन्य कारबाहीको चेतावनीबिच भएको हो ।
अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीका अनुसार उक्त प्रतिनिधिमण्डलले क्युबालाई समय सीमित हुँदै गएको भन्दै अमेरिकी समर्थन प्राप्त आर्थिक तथा राजनीतिक सुधारहरू लागू गर्न आग्रह गरेको थियो । ती सुधारहरूमा अर्थतन्त्र खुला बनाउने, निजी क्षेत्रको विकास गर्ने र विदेशी लगानी आकर्षित गर्ने विषय समावेश छन् । सन २०१६ मा पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको ऐतिहासिक भ्रमणयता पहिलो पटक अमेरिकी सरकारी विमान क्युबामा अवतरण गरेको छ । यो भ्रमणलाई विशेष महत्वका साथमा हेरिएको छ ।
क्युबा र अमेरिकी प्रतिनिधिमण्डलहरू बिचको बैठक हालै मात्र टापुमा भएको सोमबार एक शीर्ष क्युबाली अधिकारीले पुष्टि गरेका थिए । सरकारी सञ्चार माध्यमसँग कुरा गर्दै अमेरिकाका लागी क्युबाली राजदूत अलेजान्ड्रो गार्सिया डेल टोरोले बैठकलाई सम्मानजनक र व्यावसायिक भनेर वर्णन गरेका छन् ।
क्युबा विरुद्ध ऊर्जा नाकाबन्दी हटाउनु क्युबाली प्रतिनिधिमण्डलको लागि उच्च प्राथमिकता भएको उनले बताए । क्युबाली जनताले बाँच्न पाउनु पर्छ भन्दै माचको अन्त्यमा ट्रम्प प्रशासनले रुसी ध्वजाबाहक तेलको ट्या ङकराई क्युबा जमन दिएको थियो । ट्रम्पले बारम्बार क्युबामा पनि अमेरिकी सेनाले भेनेजुएलामा गरेजस्तै सैन्य कारबाही गर्न सक्ने भनिरहेका छन् ।






















