बिश्व

‘युद्धबाट नसकेको काम ट्रम्पले वार्तामा पनि गर्न सक्दैनन्’

एजेन्सी
२०८३ बैशाख ७ | मध्यान्ह ०३:०१ बजे

काठमाडौँ । रुसका लागि इरानी राजदूत काजेम जलालीले इरानमाथिको आक्रमणमा अमेरिका र इजरायल असफल भएको बताएका छन्।वार्ताको टेबुलमा पनि अमेरिकाले खासै केही हासिल गर्न नसक्ने यनको भनाइ छ । अमेरिका र इजरायलले केही दिनमै सारा इरान जितेर इरानमा शासन परिवर्तन गर्न सक्ने दाबी गरेको तर कुनै पनि लक्ष्य हासिल गर्न नसकेको रूसी पत्रिका भेदोमोस्तीसँगको अन्तर्वार्तामा उनले बताए ।

उनका अनुसार युद्धको क्रममा अमेरिकाका लक्ष्यहरू समयसँगै परिवर्तन हुँदै गएको पनि उनले बताए । युद्धको सुरुमा इरानमा अमेरिकी ध्येय शासन परिवर्तन थियो । तर पछि केवल स्ट्रेट अफ होर्मुज खोल्ने मागमा सीमित भएको तर सबैमा अमेरिका असफल भएको उनको भनाइ छ । इरान “दृढ इच्छाशक्तिसहित” अगाडि बढिरहेकोले अमेरिकाले घोषणा गरेको समुद्री नाकाबन्दी पनि व्यावहारिक रूपमा प्रभावहीन रहेको जलालीले भने।

युद्धले इरानलाई कमजोर बनाउनुको सट्टा अझ मजबुत बनाएको उनले दाबी गरेका छन् । वार्तामा पनि अमेरिकाले युद्धमा असफल भएको लक्ष्य हासिल गर्न नसक्नेमा जलालीले जोड दिएका छन्। 

अमेरिकाले इरानको १० बुँदे योजनामा सहमति जनाएर पछि यसलाई त्यागेको जलालीले बताए । उनका अनुसार डोनाल्ड ट्रम्पले युद्ध गरेर हासिल गर्न नसकेको कुरा वार्ताबाट पनि सम्भव हुँदैन। 

कमेन्टहरु