राप्ती नदीमा भेटियो १७ घडियालको गुँड

रासस
२०८३ बैशाख ७ | मध्यान्ह ०२:०१ बजे

चितवन, वैशाख ७। राप्ती नदीमा १७ घडियाल गोहीको गुँड भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जले गत चैत १ गतेदेखि राप्ती नदीमा गोहीको गुँड खोज्ने काम सुरु गरेको थियो । सोही समयमा ती गुँड भेटिएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार दुई जना बोटे समुदायका व्यक्तिलाई लगाएर गुँड खोजिएको हो । हरेक वर्ष चैतमा गुँड खोजेर वैशाखमा ती गुँडबाट अण्डा सङ्कलन गरिन्छ । उहाँका अनुसार अण्डा सङ्कलनको काम यही वैशाख १० गतेदेखि सुरु गरिने छ ।


















