प्रबास

रोकिएन ट्रम्पको लोकप्रियता घट्ने क्रम

एजेन्सी
२०८३ बैशाख ७ | मध्यान्ह १२:०१ बजे

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यसम्पादन प्रति जनसमर्थन घटिरहेको छ । एनबीसी न्युजको नयाँ सर्वेक्षणका अनुसार उनको अनुमोदन दर ३७ प्रतिशतमा झरेको छ ।यो उनको दोस्रो कार्यकालको सबैभन्दा न्यून हो । आइतबार सार्वजनिक गरिएको सर्वेक्षणको नतिजाअनुसार ६३ प्रतिशत अमेरिकी वयस्कहरूले ट्रम्पको कार्यसम्पादनप्रति असन्तुष्टि जनाएका छन्, जसमा ५० प्रतिशतले कडा असहमति व्यक्त गरेका छन् ।विशेषगरी इरानसँगको युद्ध व्यवस्थापनप्रति असन्तुष्टि उच्च देखिएको छ । केवल ३३ प्रतिशतले मात्रै युद्ध सञ्चालनप्रति समर्थन जनाएका छन् भने ६७ प्रतिशतले विरोध गरेका छन् ।

राजनीतिक आधारमा हेर्दा यो विषयले अमेरिकी जनतालाई स्पष्ट रूपमा विभाजित गरेको छ । सर्वेक्षणअनुसार डेमोक्रेट र स्वतन्त्र मतदातामध्ये ८२ प्रतिशतले युद्धको विरोध गरेका छन् भने रिपब्लिकन समर्थकमध्ये ७४ प्रतिशतले समर्थन जनाएका छन् ।

युवाहरूमा युद्धप्रति विरोध झनै बलियो देखिएको छ । वयस्कमध्ये ६१ प्रतिशत उत्तरदाताले इरानमा अमेरिकाले थप सैन्य कारबाही गर्नु नहुने बताएका छन् ।उता, ३० वर्षमुनिका उमेर समूहमा भने यस्तो भन्नेको सङ्ख्या ७४ प्रतिशत छ । 

कमेन्टहरु