बिश्व

स्ट्रेट अफ होर्मुज आवागमन ठप्प

एजेन्सी
२०८३ बैशाख ६ | मध्यान्ह ०३:०१ बजे

काठमाडौँ । महत्त्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुजमा जहाजहरूको आवागमन पुनः ठप्प भएको छ । इरानी गनबोटहरूले व्यापारी जहाजहरूतर्फ गोली चलाएपछि स्थिति फेरि तनावपूर्ण बनेको हो ।इरानले केही समयका लागि मार्ग खुला गरे पनि केही घण्टामै पुनः बन्द गर्दै आफ्नो बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी हटाउन अमेरिकालाई दबाब दिएको छ ।

समुद्री विश्लेषण संस्था लोयडको सूचिअनुसार पश्चिम एसियाका खाडी क्षेत्रमा अड्किएका धेरै जहाजहरूले पुनः आफ्नो अघिल्लो स्थानतर्फ फर्किन थालेका छन् । जहाज मालिकहरूले सुनेका रेडियो सन्देशहरूमा स्ट्रेट फेरि इरानी सशस्त्र बलको कडा नियन्त्रण र व्यवस्थापन अन्तर्गत गएको चेतावनी दिइएको बताइएको छ ।

स्ट्रेट अफ होर्मुज विश्वकै सबैभन्दा व्यस्त तेल ढुवानी मार्गमध्ये एक हो । यहाँ आवागमनको अवरोधले अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा गम्भीर असर पार्न सक्छ, जसले विश्व बजारमा थप अनिश्चितता सिर्जना गरेको छ । 

कमेन्टहरु