समाज

नेपाल मगर संघ तिलाेत्तमा नगर समितिको ११औं वार्षिक साधारण सभा सम्पन्न

पार्बती थारु
२०८३ बैशाख ५ | मध्यान्ह ११:०१ बजे

तिलाेत्तमा, बैशाख ५ । नेपाल मगर संघ तिलाेत्तमा नगर समिति रुपन्देहीको ११औं वार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न भएको छ ।तिलाेत्तमा १३ कराैजियामा अवस्थित मगर भवन संघ तथा वडा इकाइ समितिकाे भवनमा शनिबार (आज) कार्यक्रम गरिएको हाे ।

IMG 20260418 WA0065

कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला अध्यक्ष थर्क बहादुर बर्हाघरे मगरले मगर संघ हामीसबैकाे शक्ति हाे सरकार हाे यसकाे नियममा रहेर काम कर्तव्य गर्नुपर्नेमा जाेड दिनु भयाे । मगर संघकाे संगठन विस्तार गर्दै लैजानु पर्ने बताउदै कार्यक्रमकाे सफलताकाे शुभकामना दिनु भयाे । यसैगरी कार्यक्रमका अतिथिहरुले बाेल्दै एकजुट हुने कुरामा जाेड दिएका थिए ।

“इतिहास , भाषा, संस्कृति , संरक्षण संम्वर्द्वन मगरहरुकाे मूल मन्त्र । जातिय पहिचान र स्वायत्त शासन सहितकाे लाेकतान्त्रिक गणतन्त्र ” भन्ने नाराका साथ कार्यक्रम आयाेजना गरिएको थियोे । सम्पन्न ११ औं नगर वार्षिक साधारण सभामा तिालेत्तमाका १७ वटा वडा प्रतिवेदन तथा भातृय संस्था प्रतिवेदन पेश गरिएको थियोे ।

नेपाल मगर संघ तिलाेत्तमा नगर समिति रुपन्देहीका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष कृष्णबहादुर सारु मगरकाे अध्यक्षतामा सम्पन्नभएकाे कार्यक्रम समितिका सचिव भेलबहादुर सारु मगरले सन्चालन गर्नुभएको थियोे ।

कमेन्टहरु