एसइई दिएका विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै गाउँपालिका

रासस
२०८३ बैशाख ५ | मध्यान्ह ०६:०१ बजे

कालीकोट । महावै गाउँपालिकाले एसइई दिएर बसेका विद्यार्थीलाई शैक्षिक परामर्श दिएको छ ।उनीहरुको भविष्य मार्गदर्शन गर्ने किसिमको शैक्षिक परामर्श गाउँपालिकाले दिएको हो । एसइई दिएर बसेका विद्यार्थीले आगामी दिनमा कसरी अगाडि बढ्ने, कहाँ–के पढ्ने ? भन्नेबारे परामर्श दिएको गाउँपालिकाले जनाएको छ ।
बालबालिकाको रुचि, चाहना, भविष्यको लक्ष्य, उचित विकल्पबारे विद्यार्थीसँग छलफल गरिएको मनोविमर्शकर्ता खडानन्द चौलागाईले बताए ।

















