चितवनमा ‘क्यान्सर कन्फ्रेन्स’ काे आयोजना

नवलपुर टुडे
२०८३ बैशाख ५ | मध्यान्ह ०६:०१ बजे

चितवन । यहाँको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा तीन देशका विशेषज्ञ चिकित्सकहरूको सहभागितामा ‘पाँचौ क्यान्सर कन्फ्रेन्स’ आयोजना गरिएको छ ।वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आज यहाँ आयोजना गरेको एक दिवसीय ‘कन्फ्रेन्स’मा नेपाल, भारत र चीनका विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहेको अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले जानकारी दिए ।
अस्पतालका उपनिर्देशक डा.उमेश नेपालका अनुसार पाँच वर्ष अघिबाट हरेक वर्ष अस्पतालले यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ । अस्पताल स्थापना दिवस (असोज १०) का अवसरमा आयोजना हुने यो कार्यक्रम यस वर्ष जेनजी आन्दोलनका कारण ढिला भएको उनले बताए ।
कार्यक्रममा नेपालका विभिन्न अस्पतालबाट समेत गरी विशेषज्ञ चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलगायत दुई सय जनाको सहभागिता रहेको जनाइएको छ ।






















