Opens in a new tab

प्रबास

मेटाले ८ हजार कर्मचारी कटौती गर्दै, अब एआईमा केन्द्रित हुने रणनीति

एजेन्सी
२०८३ बैशाख ५ | मध्यान्ह ०३:०१ बजे

काठमाडौँ । फेसबुक र इन्स्टाग्रामको माउ कम्पनी मेटाले आगामी महिनासम्ममा आफ्ना करिब ८ हजार कर्मचारीहरूलाई कामबाट निकाल्ने तयारी गरेको छ। यो मेटाको कुल विश्वव्यापी कार्यशक्तिको करिब १० प्रतिशत भएको रोयटर्सको रिपोर्टमा उल्लेख छ । समाचार अनुसार, कर्मचारी कटौतीको पहिलो चरण मे २० देखि सुरु हुनेछ। कम्पनीले वर्षको दोस्रो भागमा थप कर्मचारी कटौती गर्ने योजना बनाएको छ । यद्यपि, त्यसको निश्चित मिति र सङ्ख्या भने अझै तय भइसकेको छैन।

कम्पनीका सीईओ मार्क जुकरबर्गले मेटालाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) केन्द्रित बनाउन र कार्यक्षमता बढाउन यो कदम चालेका हुन् । एआईको विकाससँगै धेरै कामहरू स्वचालित हुन थालेपछि कम्पनीले कम कर्मचारीबाट धेरै नतिजा निकाल्ने रणनीति अपनाएको छ।

यस वर्ष मेटा मात्र नभई अमेजन र ब्लक जस्ता अन्य ठुला प्रविधि कम्पनीहरूले पनि एआईका कारण कार्यक्षमता बढेको भन्दै हजारौँ कर्मचारी कटौती गरिसकेका छन्। 

तथ्याङ्क अनुसार सन् २०२६ को सुरुवाती चार महिनामै विश्वभरका प्रविधि क्षेत्रका ७३ हजारभन्दा बढी कर्मचारीले रोजगारी गुमाइसकेका छन् । मेटामा हाल करिब ७९ हजार कर्मचारी कार्यरत छन् ।

कमेन्टहरु