तीन प्रदेशका हिमाली भूभागमा वर्षा र हिमपात

नवलपुर टुडे


काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, देशको हिमाली भूभागमा साधारणतया बादल लागेको र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा छ ।
बिहीबार (वैशाख ३) दिउँसो कोसी प्रदेशको पहाडी भूभागलगायत वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा, हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
राति, कोसी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना छ ।

रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

बक्स अफिसमा ‘रामायण’को दबदबा कायमै, विश्वभर कमाइ १२०० करोड

‘छठले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता बलियो बनाउँछ’

‘छठ पर्वले सामाजिक सद्भाव र एकताको सन्देश दिन्छ’

छठी गीतको गुञ्जनमा भक्तिमय मिथिला
अरुपनि पढ्नुहोस
सबै
तराईको आँगनबाट राजधानीका जलाशयसम्म छठको रौनक फैलिए

सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार

बाँदरको हैरानीले किसान अदुवा खेतीतर्फ आकर्षित

















