Opens in a new tab

नेपाल राष्ट्र बैंकको आग्रहः परिपक्व बचतपत्रको साँवा–ब्याज तुरुन्त बुझ्न आग्रह

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौं,चैत १७। नेपाल राष्ट्र बैंकले परिपक्व भइसकेका बचतपत्रको साँवा तथा ब्याज रकम अझै नलिएको पाइएपछि सम्बन्धित बचतपत्रधनीलाई यथाशीघ्र भुक्तानी लिन आह्वान गरेको छ ।राष्ट्र बैंक अन्तर्गतको मौद्रिक व्यवस्थापन विभागले नागरिक बचतपत्र र वैदेशिक रोजगारी बचतपत्रका धनीहरूलाई लक्षित गर्दै सूचना जारी गर्दै २०८१ जेठ मसान्तसम्म परिपक्व भएका तर भुक्तानी लिन बाँकी रहेका रकम तुरुन्त बुझ्न आग्रह गरेको हो ।

विभागद्वारा जारी सूचनामा भनिएको छ, “नेपाल सरकारका तर्फबाट राष्ट्र बैंकमार्फत जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका कतिपय धनीले परिपक्व भएको साँवा तथा आर्जित ब्याज रकम भुक्तानी लिन बाँकी रहेको देखिएकाले यथाशीघ्र सम्पर्क गरी भुक्तानी लिनुहुन अनुरोध छ ।”

राष्ट्र बैंकले लामो समयसम्म परिपक्व रकम दाबी नगरी राख्नु उपयुक्त नहुने उल्लेख गर्दै सम्बन्धित बचतपत्रधनी वा उनीहरूका आधिकारिक प्रतिनिधिलाई आवश्यक कागजातसहित मौद्रिक व्यवस्थापन विभागमा सम्पर्क गर्न आग्रह गरेको छ ।

नागरिक बचतपत्र र वैदेशिक रोजगारी बचतपत्र नेपाल सरकारद्वारा जारी गरिने सरकारी ऋण उपकरण हुन्, जसमार्फत सर्वसाधारण तथा विदेशमा कार्यरत नेपालीबाट आन्तरिक स्रोत परिचालन गरी विकासका कार्यक्रम सञ्चालन गरिँदै आएको छ । न्युज बैंक

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे

किवीले दिएको सफलताको स्वाद

२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे