बङ्गलादेशी विद्रोह नेताको हत्यामा भारतमा थप एक जना पक्राउ

रासस


काठमाडाैँ । ढाकामा बङ्गलादेशका लोकप्रिय विद्यार्थी नेता सरिफ उस्मान हादीको हत्यासँग सम्बन्धित अर्का संदिग्धलाई भारतले पक्राउ गरेको छ । पक्राउ गरिएको संदिग्धमाथि हादीको हत्यामा संलग्न दुई जनालाई भारतमा अवैध रूपमा प्रवेश गराउन सहयोग गरेको आरोप लागेको पश्चिम बङ्गाल प्रहरीले आइतबार जानकारी दिएको छ ।
पश्चिम बङ्गाल प्रहरीले फैसल करिम मसूद र आलमगीर हुसेनलाई हत्याको मुख्य संदिग्धका रूपमा नाम दिएको थियो । हादीमाथि आक्रमणको केही समयपछि ती दुई हलुआघाट सीमा हुँदै भारततर्फ भागेको प्रहरीले बताएको छ । भारतले ८ मार्चमा ती जोडीलाई पक्राउ गरेको थियो र उनीहरू प्रहरी हिरासतमा छन् ।
पश्चिम बङ्गालको विशेष टास्क फोर्सका सुपरिटेन्डेन्ट इन्द्रजीतका अनुसार फिलिप सांग्मालाई मसूद र हुसेनलाई भारत प्रवेश गराउन सहयोग गरेको आरोपमा पक्राउ गरिएको हो । उनलाई जिल्ला अदालतमा प्रस्तुत गर्नुअघि एक हप्ताका लागि प्रहरी हिरासतमा पठाइएको छ ।
हादीको मृत्युपछि बङ्गलादेशमा हिंसात्मक विरोध प्रदर्शन सुरु भयो । आक्रोशित भिडले भारतको पक्षमा मानिने दुई प्रमुख समाचारपत्र र एक सांस्कृतिक संस्थासहित केही भवनहरूमा आगो लगाएको थियो ।
पूर्वप्रधानमन्त्री शेख हसिनाले प्रजातन्त्र समर्थक विद्रोहबाट भारतमा शरण लिँदा भारत र बङ्गलादेशबीच सम्बन्धमा तनाव थपिएको थियो । भारतीय विदेश मन्त्रालयले हादीको हत्यामा नयाँदिल्ली संलग्न भएको भन्ने दाबीलाई अस्वीकार गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शेख हसिनाको सत्ता बहिर्गमनपछि भएको पहिलो संसदीय चुनावमा बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) को जीतमा बधाई दिएका थिए ।

रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

बक्स अफिसमा ‘रामायण’को दबदबा कायमै, विश्वभर कमाइ १२०० करोड

‘छठले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता बलियो बनाउँछ’

‘छठ पर्वले सामाजिक सद्भाव र एकताको सन्देश दिन्छ’

छठी गीतको गुञ्जनमा भक्तिमय मिथिला
अरुपनि पढ्नुहोस
सबै
तराईको आँगनबाट राजधानीका जलाशयसम्म छठको रौनक फैलिए

सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार

बाँदरको हैरानीले किसान अदुवा खेतीतर्फ आकर्षित

















