सप्तरी ४ बाट रास्वपाका सिताराम साह विजयी

नवलपुर टुडे


कल्याणपुर (सप्तरी), फागुन २३ गते । सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सिताराम साह विजयी हुनुभएको छ ।
उहाँ ३६ हजार ४ सय १२ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचित हुनुभएका साहका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका तेजुलाल चौधरीले १३ हजार १ सय ३ मत प्राप्त गर्नुभयो ।
काँग्रेसका उम्मेदवार चौधरी सप्तरी क्षेत्र ४ बाट यसअघि तीन पटक लगातार निर्वाचित भएर मन्त्री बन्नुभएको थियो ।
उहाँसँगै नेपाली काँग्रेसको राजनीतिमा रहनु भएका साह नेपाली काँग्रेसका त्यस क्षेत्रका क्षेत्रीय सभापति रहनुभएको थियो । चुनावअघि काँग्रेस परित्याग गरेर रास्वपामा प्रवेश गर्नुभएका साहले २३ हजार ३ सय ९ मतको फराकिलो मतान्तरले चौधरीलाई पराजित गर्नुभयो ।

रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

बक्स अफिसमा ‘रामायण’को दबदबा कायमै, विश्वभर कमाइ १२०० करोड

‘छठले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता बलियो बनाउँछ’

‘छठ पर्वले सामाजिक सद्भाव र एकताको सन्देश दिन्छ’

छठी गीतको गुञ्जनमा भक्तिमय मिथिला
अरुपनि पढ्नुहोस
सबै
तराईको आँगनबाट राजधानीका जलाशयसम्म छठको रौनक फैलिए

सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार

बाँदरको हैरानीले किसान अदुवा खेतीतर्फ आकर्षित

















