युक्रेनमा रुसी आक्रमण जारी, ओडेसामा मानवीय क्षति बढ्दै

नवलपुर टुडे

सारांश
किभ । रुसले युक्रेनको दक्षिणी क्षेत्र ओडेसामा गरेको रातभरको ड्रोन आक्रमणमा आवासीय भवनमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । ओडेसा क्षेत्रका गभर्नर ओलेह किपरले शनिबार बिहान सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन् ।
यसैबिच, उत्तर–पूर्वतर्फ पर्ने जापोरिझ्झिया क्षेत्रमा पछिल्लो २४ घण्टामा भएका आक्रमणमा कम्तीमा एक जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् । क्षेत्रीय सैन्य प्रमुख इभान फेदोरोभका अनुसार उक्त अवधिमा ४१ बस्तीमा ६५५ वटा आक्रमण गरिएको छ ।
यी घातक आक्रमणहरू जर्मनीको म्युनिखमा आयोजित उच्चस्तरीय सम्मेलनको समयमा भएका हुन्, जहाँ अमेरिका र युरोपेली नेता, कूटनीतिज्ञ तथा रक्षा अधिकारीहरू युक्रेन युद्ध अन्त्यका उपायबारे छलफल गरिरहेका छन् ।
जर्मन सरकारी स्रोतका अनुसार चान्सलर फ्रिडरिख मर्ज र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच युक्रेनको अवस्था, रुससँगको वार्ताको स्थिति तथा विशेषगरी सैन्य सहयोगका विषयमा छलफल भएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि म्युनिखमा विभिन्न सहयोगी राष्ट्रका नेताहरूसँग भेटघाटमा संलग्न रहेका छन् र शनिबार सम्मेलनलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ । सम्मेलनमा कुनै पनि रुसी अधिकारीलाई आमन्त्रण गरिएको छैन ।

बेपत्ता एयर एम्बुलेन्सकाे भग्नावशेष फेला

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

कृषि उपज केन्द्रबाट किसान र उपभोक्ता लाभान्वित

लठैत र डकैती शैलीमा त्रिवि सभा हुनै सक्दैन : स्ववियु अलुम्नाई

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित
अरुपनि पढ्नुहोस
सबै
महालक्ष्मीको १६ दिने व्रत समापन

जुम्लामा उद्योग खारेजी गर्नेको संख्या बढ्दै

यी हुन् दसैँ बिदामा घुमफिर गर्न उपयुक्त लमजुङका १० गन्तव्य

तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास
















