सहस्रचन्द्र दर्शन उत्सव”मा तीनजना ज्वाईँहरूले अचम्मको उपहार

नवलपुर टुडे


मणिग्राम २० मंसीर । स्याङ्जाको बिर्घामा ८४ वर्ष पुगेकी सासुको “सहस्रचन्द्र दर्शन उत्सव”मा तीनजना ज्वाईँहरूले अचम्मको उपहार प्रस्तुत गरेका छन् । कालीगण्डकी गाउँपालिका – ३, बिर्घा–धोवादीखोलामा आयोजित केशरी पाण्डेको चौरासी पूजामा उहाँकै जीवनीसहितको रंगीन पुस्तक प्रकाशन गरी ज्वाइँहरूले उहाँकै हातबाट विमोचन गराएका हुन् ।
ज्वाईँहरूः ड्राइभरटोल–रूपन्देहीका तोलाकान्त भण्डारी, बुटवल–पोखराबारीका भेषराज ढकाल र सोह्रखुट्टे–काठमाण्डौंका छायाँदत्त खरालले ५२ पृष्ठको पुस्तक जानकारी विना नै प्रकाशन गरी एकाएक विमोचन गर्न लगाउँदा उपस्थित परिवारजन सहित सयौं आगन्तुक अचम्मित भएका थिए ।
साहित्यकार एवम् पुस्तकका सामाग्री संकलक खगेन्द्रप्रसाद बस्यालको सञ्चालनमा भएको विमोचन कार्यक्रममा चौरासी पूजाका मूलकर्ता केशरी सहित पूर्वसांसद मोहनप्रसाद पाण्डेय, परिवारका ज्येष्ठ सदस्य र प्रकाशकहरूले संयुक्त रूपमा विमोचन गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रकाशक एवम् वास्तु कन्सल्टेण्ट तोलाकान्त भण्डारीले ज्वाईँहरू दातव्य ग्रहण गर्नेमात्र नभई छोरासरह दायित्व र कर्तव्य निर्वाह गर्ने पात्र समेत भएकाले कृति प्रकाशन गरिएको बताउनुभयो ।
अर्का प्रकाशक उपप्राध्यापक भेषराज ढकाल र छाँयाँदत्त खरालले परम्परा, दर्शन र शास्त्रले समेत ज्वाईँहरूलाई छोराको विकल्पको रूपमा प्रस्तुत गरेको भन्दै एक जागरणको उद्घोषको रूपमा पुस्तक प्रकाशन गरिएको बताउनुभयो ।
चौरासी पूजाका मूलकर्ता केशरी पाण्डेका भानिज एवम् साहित्यकार खगेन्द्रप्रसाद बस्यालको सामाग्री संकलन र नाति मुक्तिनाथ गैह्रेको सम्पादनमा प्रकाशित पुस्तकमा केशरी पाण्डेको जीवनी, चौरासी पूजाको सामाजिक, धार्मिक र आध्यात्मिक पक्ष, पारिवारिक शान्तिका लागि वास्तुविज्ञानको विवेचना, उहाँसँग सम्बन्धित कुल/वंशको वंशवृक्ष, विस्तृत पारिवारिक सञ्जाल, आफन्तका शुभकामना, विभिन्न यात्राका देशविदेशका फोटोहरू, आफन्तका फोटो सहितका शुभकामना लगायत विषयवस्तु प्रकाशित छन् ।
पुस्तक विमोचनमा सहभागी केशरी पाण्डेका छोरा ताराप्रसाद र बुहारी भगवती पाण्डे त्यस्तै छोरीहरूः लक्ष्मी भण्डारी, तुलसा ढकाल र सीता खराल, नाति–नातिना लगायतले आफूहरू समेतलाई चकित पार्नेगरी चौरासी पूजामा नौलो आयाम थपिदिनुभएको भन्दै आभार व्यक्त गर्नुभएको थियो ।

सामूहिक फूलखेतीले दिलाएको सफलता…

विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना

१४९ रुपैयाँमा झर्यो अमेरिकी डलरको मूल्य

कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

पर्यटक पर्खिरहेको डिल्पु कुण्ड
अरुपनि पढ्नुहोस
सबै
जेनजी आन्दोलनमा फरार भएका दुई कैदीबन्दी पक्राउ

प्रस्तावित यौन हिंसासम्बन्धी विधेयकमा थप सुधारको आवश्यकता छ : सरोकारवाला

खराब कर्जा असुलीमा अर्थमन्त्री डा. वाग्लेको जोड

दशौँ राष्ट्रिय खेलकुदका निम्ति आर्मीको फुटबल टोली सुर्खेतमा
















