देश

एमसीसीसँग जोडिएका सबै सम्झौता संसदमा पेश गरियोस् : एमालेका उपाध्यक्ष भीम रावल

जगत ठाडा मगर
२०७८ साउन १६ | बिहान ०८:०४ बजे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) कार्यान्वयन सम्झौता संसदमा पेश गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा विशेष समयमा लिएर बोल्दै सांसद रावलले एमसीसी सम्झौता संसदबाट अनुमादन नभई कार्यालय खोल्ने, भूमि अधिग्रहण गर्ने लगायतका काम शुरु भइसकेको बताए ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यदलमा रहेका एमसीसीसँग जोडिएका थुप्रै सम्झौता हेरेको तर, कार्यान्वयन सम्बन्धी सम्झौता हुन नपाएको भन्दै उनले भने, ‘मूल सम्झौतासँगै भएका सबै सम्झौता यहाँ पेश गरियोस् ।’ रासस

कमेन्टहरु