नेशनल मेडिकल कलेजद्वारा भिस्वाडाडा अस्थायी प्रहरी चौकीलाई स्टिल दराज र टेबुल सहयोग

रंजित चौरसिया
२०८१ फाल्गुन २७ | मध्यान्ह ०६:११ बजे

वीरगंज, फागुन २७। नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालले आफनो २४ औ बार्षिक उत्सवको अवसरमा वीरगञ्ज महानगरपालिका वडा नं १५ स्थित भिस्वा अस्थायी प्रहरी चौकी लाई स्टिल दराज र टेबुल सहयोग गरेका थिए ।
नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालकी डाइरेक्टर डा.रुबी श्रेष्ठ यासमिनले अस्थायी प्रहरी चौकी भिस्वाका प्रमुख प्रहरी सहायक निरीक्षक राजेश्वर प्रसाद मण्डल लाई स्टिल दराज र टेबुल सहयोग गर्दै भनिन अवस्थी प्रहरी चौकी लाई पहिला पनि हाम्रो अस्पतालले सहयोग गर्दै आईरहेको र आज पनि सहयोग गर्दै आएको बताइन्।
उक्त स्टिल दराज र टेबुल बितरण कार्यक्रममा नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल प्रशासनका मौलाना नरुल होदा र पपु सिंहको उपस्थिती रहेको थियो।























