मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

कणालीमा स्काईभेटर सहित फसेका तीन जनालाई उद्धा

उमेश रोकाया
२०८१ माघ २७ | मध्यान्ह ०७:१० बजे

बाजुरा, माघ २७ । बाजुरा र मुगु जिल्लाको बीचमा पर्ने कणाली नदीमा स्काईभेटर सहित फसेका तीन जनालाई प्रहरीले उद्धार गरेको छ । कर्णाली प्रदेशको खत्याड गाउँपालिकाबाट बाजुराको हिमाली गाउँपालिका आउन लागेको स्टाईभेटर झुगलाको स्काईभेटर सहित नदीमा फसेका तिन जनाको धुलाचौर प्रहरी चौकीको टालीले र्याफ्टिङको सहायताले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले जानकारी दिएका छन् ।  

उनले दिएको जानकारी अनुसार मुगुको खत्याडबाट हिमाली गाउँपालिका हुँदै हुम्ला जान लागेको स्काइभेटर कर्णाली नदीको झोगुलामा पसेपछि उनीहरु पनि स्काईभेटरमा भएकाले फसेको बताए। नदीमा फसेका कनका सुन्दरी गाउँपालिका–७ बस्ने वर्ष २५ का सुर्यबहादुर पछाई, २३ वर्षीय नानु पछाई  र १९ वर्षीय राजेन्द्र वडलाई सकुशल उद्धार गरिएको प्रहरी नायव उपवरिक्षक गिरीले बताएका छन् । डोजर(स्काइभेटर) नदी तार्ने क्रममा बीच नदीमा फसेपछि उनीहरुलाई करिव चार घण्टापछि हिमाली गाउँपालिकाको सहयोगमा धुलाचौर प्रहरी चौकीको टोलीले सकुशल उद्धार गरेर हिमाली गाउँपालिकामा ल्याएको प्रहरी नायव उपरिक्षक गिरीको भनाई रहेको छ । कर्णाली नदीको बीचमा मेसिनको इन्जिन बन्द भएपछि नदीमा रोकिएको हो । 

कमेन्टहरु