मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

जनता संग जनप्रतिनिधि बहस कार्यक्रम

उमेश रोकाया
२०८१ माघ २७ | मध्यान्ह ०५:१० बजे

बाजुरा, माघ २७ । रेडियो कार्यक्रम जनता संग जनप्रतिनिधि तथा बहस कार्यक्रम गरिएको छ । हिमाली गाउँपालिका आर्थिक सहयोग र सामुदायिक रेडियो बुढिनन्दा र सामुदायिक रेडियो अपि एफ.एम. आयोजनामा हिमाली गाउँपालिका ४ र ५ को वडा कार्यालय कार्यक्रम गरेका छन । स्थानीय सरकारले र वडा कार्यालयबाट पाउने सेवा सुबिधा कतिको प्रभावकारी भएको छ । स्थानीय सरकारले गरेको काम जनतालाई सहज लागेको छ । गाउँपालिका कार्यालय तथा शाखा कार्यालय अन्तर्गत दिने सेवा प्रति जनतासंग प्रत्यक्ष बुझ्न हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल, उपाध्यक्ष राजकला सार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारी तथा पालिका सबै शाखा अन्तर्गत कर्मचारी जनतासंग गुनासो सुन्न वडा तथा घरदैलोमा भेटघाट कार्यक्रम भैरहेको हिमाली गाउँपालिका प्रबक्ता भिमानन्द पाण्डेले बताउनुभयो ।

जनताले स्थानीय तहले गरेको विकास निकासमा भएको काम र अझ थप सुधार गर्नुपर्ने प्रतिक्रिया सुन्न गाउँमा पुगेका छन । विशेषगरी पालिका सबै वडामा शिक्षा, स्वास्थ्य, विद्युत, सडक, संचार र खानेपानी लगायत विभिन्न विषयलाई केन्द्रित भएर जनप्रतिनिधि, कर्मचारी संगै जनतासंग प्रत्यक्ष गुनासा संकलन गरेर त्यसको प्रतिक्रिया दिएका छन । दुर्गम गाउँमा रहेका दूर दराज आवज बुलन्द गर्नका लागि रेडियो सुरुवात गरिएको सामुदायिक रेडियो अपि एफ.एम. प्रबन्धक निर्देशक जितजङ्ग कटेलले बताउनुभयो । यहाँका जनताहरुका समस्या सम्बन्धि निकाय लाई सुनाउन र समाधान गर्नका लागि स्थानीय तहका वडा भित्र जनता आवाज संगै गरेका काम प्रति खुल्ला बहस कार्यक्रम र वडा स्तरीयमा जनता संग जनप्रतिनिधिले गरेका अथवा गर्न लागेका कामलाई गाउँ घरमा रेडियो सेटमा पुर्‍याउन यो कार्यक्रम गरिएको कटेलले बताए ।

हिमाली गाउँपालिका – ४ र ६ नम्बर वडामा रेडियो जनता संग जनप्रतिनिधि बहस कार्यक्रम गरिएको थियोे। प्रत्येक वडामा गएर जनता र जनप्रतिनिधि बीच गरिने व्यवहार वडा कार्यालयबाट पाउने सेवा सुबिधा कति प्रभावकारी भएको छ । त्यहाँ जनताले बिकास निकास काम भए नभएका बिषयलाई गहन बारेमा छलफल तथा अन्तक्रिर्या कार्यक्रम गरिएको हो । जनता संग जनप्रतिनिधि बहस कार्यक्रमले निर्वाचनमा निर्वाचित भएका वडा सदस्य देखि लिएर गाउँपालिका स्तरका जनप्रतिनिधि जनताका थप सुधार गर्नुपर्ने कामलाई थप सिकाइ भएको छ। गाउँका स्थानीय देखि जनप्रतिनिधि बीच बहस कार्यक्रम वर्षको ६ महिना अन्तर गर्दा अझै राम्रो हुने समेत भनेका छन । हिमाली गाउँपालिका सबै वडामा गएर प्रत्यक्ष रूपमा रेडियो जनता संग जनप्रतिनिधि कार्यक्रम बहस गर्ने काम निरन्तरता रहेको सामुदायिक रेडियो बुढिनन्दा एफ.एम. प्रबन्धक निर्देशक अनिल शाहीले बताएका छन।

दुर्गम वडाका गाउँ बस्तीका आवाजलाई सम्बन्धि निकायलाई गुनासो सुनाउनका लागि यो विशेषगरी जनता संग जनप्रतिनिधि बहस कार्यक्रम गर्दै आइरहेको छौँ । गाउँमा रहेका योजना तर्जुमा र वडा अध्यक्षले गर्ने जनता प्रति गाउँपालिकाल्र गरिरहेका कामलाई मध्यनजर राखेर यसलाई गाउँका सुझाव संकलन वडा/वडामा गरेर अन्तिम पालिका स्तरीय रेडियो जनता संग जनप्रतिनिधि बहस कार्यक्रम गर्ने भएको शाहीले बताए । यहाँका नागरिक आवाजलाई गाउँ भन्दा बाहिर ल्याउनका लागि यो कार्यक्रम गरिएको हो । बिकास योजना देखि वडाका सिफारिस लगायत विभिन्न किसिमका सेवा सुबिधा जनतासंग जनप्रतिनिधि राखेर रेडियोमा प्रत्यक्ष प्रसारण गरिएको छ । वडाका जनप्रतिनिधिले जनतालाई कस्तो भुमिका निभाएका छन । विगत गरेका कार्यलाई राम्रो वा नराम्रो सामाजिक र बिकासका कामलाई अझ मजबुत बनाउन खालको काम गर्ने उत्प्रेरित हुने खालको बहस कार्यक्रम भएको छ । विशेषगरी जनप्रतिनिधिहरु तथा गाउँपालिका प्रशासनबाट जनताले लिने सेवा सुविधामा गरेका कामको गल्ती कमजोरीलाई सुधार पक्ष अगाडि बढाउनको लागि यो कार्यक्रम गरेको छ ।

हिमाली गाउँपालिका प्रशासन तथा शाखा भित्र गर्ने काम अहिलेसम्म तिव्र रूपमा भैरहेको छ । पालिका मात्र नभएर वडा, स्वास्थ्य तथा विधालय सरकारी निकाय पहिलेको भन्दा अहिले धेरै सुधार भएको छ । सबै क्षेत्रलाई गुणस्तर बनाउन महिनाको महिना सिङ्गो पालिका तिमीहरूलाई स्थलगत अनुगमन गर्न कार्य भैरहेको छ । यहाँका जनताका लागी पालिका प्रशासन क्षेत्रमा हुने कामकाज अहिलेसम्म गुणस्तरीय सेवा पाएका छन । बाजुरा जिल्लाकै दुर्गम पालिका भएको हुँदा अरु पालिका भन्दा भौगोलिक विकट कारणले अलि अप्ठ्यारोमा परेक छौँ । बाजुराका केही स्थानीय तहका भन्दा हाम्रो पालिका विकासका काम पहिलेको भन्दा अहिले धेरै राम्रो भैरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन ।

गाउँपालिकामा पहिलो निर्वाचन २०७४ मा विजय भैसकेपछी पुनः आफू दोस्रो कार्यालय दोहोरिएको हो । आफू पहिला निर्वाचन हुनु भन्दा विकास गति एकदमै पछाडि परेको अवस्था अहिले शिक्षा र स्वास्थ्य क्षेत्रमा धेरै सुधार गरिएको छ । पालिकामा संचार र सडक संगै कृषि क्षेत्रमा सबैभन्दा बढी लगानी गरेको छ । जतिको गाउँ बस्ती विकासका काम अहिलेसम्म तिव्र रूपमा बढी रहेकोे छ । आफुले चुनावमा गरेका बाचाहरु पुरा गर्न आफ्नो प्रतिबद्धता गरेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।

रेडियो कार्यक्रम जनता संग जनप्रतिनिधि तथा बहस कार्यक्रम हिमाली गाउँपालिका – ४,६ र ७ वडामा सम्पन्न गरिएको छ। माघ २८ गते वडा – ४ को कवाडीमा कार्यक्रम गरिने भएको छ । बाकी रहेका १,२ र ३ वडामा फागुन पहिलो हप्ता गरिने गरि तयारी भएको छ ।

कमेन्टहरु