कैलाशहाङ राजाका तीन भाई छोरा, जसको नाम थम्बुहाङ, खम्बूहाङ र लिम्बूहाङ(यतार्थ)


काठमाडौ । किराँत देशको राजा कैलाशहाङ राजा हुन जसलाई किरात राजा भनेर चिन्दथे । कैलाशहाङ राजाको तीन छोरा थिए जसको नाम थम्बुहाङ, खम्बूहाङ र लिम्बूहाङ ।

कान्छो छोरा लिम्बुहाङलाई पल्लोकिरात राज्य अंश पायो । जसलाई लिम्बुवान इलाका भनिन्छ । माइला छोरा खम्बूहाङलाई माझ किरात राज्य अँश पायो जसलाई खम्बुवान इलाका भनिन्छ । जेठो छोरा थम्बुहाङलाई वल्लो किराँत राज्य अँश पायो जसलाई थम्बुवान इलाका भनिन्छ ।
थम्बुहाङ राजाको जेठो छोरा यलम्बर हो । यलम्बर राजाको पुरानो मुल घर दोलखा किराती छापमा हो । यलम्बर राजा दोलखा शैलुङमा बाख्रा गोठमा जन्मनू भएको हो । यलम्बर राजाको नुवारनको नाम यूलुङ हो । त्यही यूलुङ नामबाट शैलूङ् नाम रहन गएको हो भन्ने कुरा प्राचीन किरात इतिहास दस्ताबेजहरुबाट पनि प्रमाणीत हून्छ ।

यलम्बर राजा ठुलो भएपछि काठमाण्डौ आउनू भयो । काठमाडौंको पहिलो राजा हुनू भएको हो । यलम्बर राजाले काठमाडौंका हरेक नाम ठाउँको नामहरु आफ्नो भाषामा नामकरण गर्नू भएको थियो । त्यो भाषा अहिले थम्बुहरुको थाङमी भाषामा पाइन्छ ।

किराँत काल काठमाडौं उपत्यकामा पाइएका नियोलिथिक उपकरणहरूबाट यो थाहा पाइन्छ कि नेपालमा मानिसको बसोबास कम्तिमा पनि ९ हजार वर्ष पहिलादेखि हुँदै आएको छ । यसले किराँत जाति मानिसहरू लगभग ९००० वर्ष अगाडी यहाँ बसोबास गर्ने देखाएको छ ।
किराँती ढुङ्गे युग र पशुपालन युग भन्दा अगाडिका र हिमाली पहाडीहरूको एक भुमीपुत्र मुलबासी हो । जुन शिवलेक पर्वतबाट मध्य एशिया, भारत र हिमालय धेरै ठाउँमा छरेर बस्न थाले । किराँत काल भन्दा पछि पनि यो मुलुकमा गोपाल, महिषपाल जस्ता अन्य जातिहरूको राज्य थियो भन्ने अपुष्ट इतिहासहरू पनि पाइन्छ ।
किराँतकाल नै सुरुको काल हो । नेपाली इतिहासमा किरात काललाई लिच्छविकाल भन्दा पछिको भनेर लेखेको छ त्यो भ्रमपुर्ण इतिहास हो किराँत शासनकाल नै सुरुको शासनकाल हो । यसर्थ आजसम्म नेपालको प्रामाणिक प्राचीन इतिहासको सुरुवात किराँत कालबाटै सुरु भएको हो भन्ने कुराको ऐतिहासिक मान्यता स्थापित भइसकेका छन्। यस कालका राजा मध्य बैज्ञानिक र शक्तिशाली राजा यलम्बरलाई नै प्रथम किराँती राजाको रूपमा मानिन्छ ।

लिच्छवी काल मुख्य लेख: लिच्छवी काल सन ४०० देखि ७५० सम्म नेपालको हालको राजधानी काठमाडौंमा लिच्छवीहरूले शासन गर्दथे। कौटिल्यको अर्थशास्त्र अनुसार तथा चिनियाँ यात्री हुएन साङ्गको यात्रा वृत्तान्त अनुसार वैशालीबाट भागेर आएका केही वीर पुरुषले किराँतहरू गस्तिहाङ वशलाई खेदेर लिच्छवी वंशको स्थापना गरे । पाइएका शिलालेख, मुद्रा र चाँगुनारायण मन्दिरका अभिलेखहरूबाट मानदेव लिच्छवी वंशका प्रथम ऐतिहासिक राजा थिए ।
अंशुवर्माको भारतका राजा हर्षवर्धनसँग निकटतम वैवाहिक सम्बन्ध थियो । यस तथ्यबाट यो पुष्टि हुन्छ कि गण्डकीदेखि कोशीसम्म पहाडी भूभागमा लिच्छवीहरूले किराँतहरूलाई धपाई एकछत्र राज्य गरेका थिए भने तराई प्रदेशमा प्रसेनजीतर अजातशत्रुका सन्तानहरू मिथिला राज्यलाई आफ्नो अन्तर्गत वैशाली र पाटलीपुत्र राज्यमा समावेश गरेका थिए ।
अंशुवर्मा पछि नरेन्द्रदेवलाई भारतीय रजौटाहरूले समर्थन सहयोग गरी राज्यारुढ गरेका थिए । नरेन्द्रपछि गुप्त वंशका शासनले गर्दा सम्पूर्ण राज्य स-साना राज्य रजौटामा विभाजित भयो । यी सम्पूर्ण घटना ईसा पूर्वका हुन् । उता बंगालमा चालुक्यसेनहरूको राज्य थियो । नान्यदेव चालुक्य राजाको सेनापति थिए । जसले तिरहुत डोय राज्यको स्थापना गरी सिम्रोनगढलाई राजधानी बनाए ।
मुसलमान आक्रामक सुद्धिन तुगलकका भएले नान्यदेवका पनाति हरि सिंहदेव सर्लाही जिल्ला हुँदै भक्तपुर पुगे र यिनकी श्रीमती राजल देवीले जयस्थिति मल्ललाई ज्वाइँ बनाई मल्लवंशको शासन स्थापित गराइन् । नेपाल एकिकरण विसं १७९९ मा गोर्खाका राजा नरभुपाल शाहको निधन पश्चात राज्य सम्हालेका उनका जेठा छोरा पृथ्वी नारायण शाहको राज्य विस्तारको सोच सँगै नेपालको एकिकरणको सुरुवात भयो। उनले प्रथम पटक नुवाकोटमा विसं १८०० मा आक्रमण गरे तर त्यस पटक उनी पराजित भए।

फेरी विसं १८०१ मा दोस्रो पटक आक्रमण गरी उनले नुवाकोटमाथी विजय प्राप्त गरे। त्यसपछि उनले विसं १८१४ र विसं १८२१ मा किर्तिपुरको युद्धमा दुबै पटक नराम्रो हार ब्यहोर्नु पर्यो। यस युद्धमा किर्तिपुरेहरूले सेनापति कालु पाण्डेलाई मारिदिए र पृथ्वी नारायण शाह भाई सुरप्रतापको आँखा समेत फोडिदिए।
विसं १८२२ चैत्र ३ गते पुनः किर्तिपुरमाथी आक्रमण गरी विजय हासिल गरे। पृथ्वी नारायणले विसं १८२५ भाद्र शुक्ल चर्दुशीमा काठमाडौंमा इन्द्रजात्रा मनाइरहेको दिन पारेर आक्रमण गरेर जित हासिल गरे। यसपछि उनले क्रमशस् विसं १८२५ आश्विन २२ मा ललितपुर, विसं १८२६ कार्तिकमा भक्तपुरमाथी विजय प्राप्त गरे।
इतिहासविद : मदन थाङ्मी (थम्बु )























