संघीय संसद्अन्तर्गत तीन संसदीय समितिको बैठक बस्दै

नवलपुर टुडे


काठमाडौं । संघीय संसद्अन्तर्गत तीन समितिको बैठक आज बस्दै छ । बिहान साढे १० बजे राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्ने तय छ ।
बैठकमा नेपालको संविधानको धारा ५३ बमोजिम संघीय संसद्मा प्रस्तुत सरकारको वार्षिक प्रतिवेदन (आ.व. २०७९/०८०)का विषयमा छलफल गरिनेछ ।
राष्ट्रियसभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजे बस्दै छ । बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायनबारे छलफल गर्ने कार्यसूची छ ।
दिउँसो २ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ का विषयमा महान्यायाधिवक्तासँग छलफल गरिने संसद् सचिवालयले जनाएको छ ।
सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा बैठक बस्नेछ ।

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना

नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती
अरुपनि पढ्नुहोस
सबै
तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा
















