मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

महिनौंदेखि अवरुद्ध सडक खुल्ला

उमेश रोकाया
२०८१ भदौ ८ | मध्यान्ह ०२:०५ बजे

बाजुरा, भदौ ०८। बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ६ को छातेकाध देखि पाँडी गाउँ सम्म पहिरोले अवरुद्ध सडक एक महिना खुल्ला भएको छ। असार तेस्रो हप्ता अविरल वर्षाले सडक ठाउँ ठाउँमा पहिरोले अवरुद्ध भएको हुँदा स्थानीयलाई आवतजावत समस्या भएको थियोे। हिमाली गाउँपालिका आफ्नै डोजर लगाएर अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आएको छ। सडक सञ्चालन आउँदा साउनपुर्णी मेला बाहिर बाट आउने पाहुना लगायत स्थानीय आवतजावत गर्न सरल भएको छ। सडक बिचमा पहिरोले गर्दा ठाउँ गाडी मोटर बन्द भएका थिए। आजभोलि खुल्ला भएपछि स्थानीय बासिन्दालाई गाडीमा आवतजावत धेरै सहज भएको स्थानीय वीर बहादुर थापाले बताए। ४ दिन लगातार गाउँपालिका डोजरले सडक मर्मत गर्दा अहिले स्थानीयलाई जुन कष्टकर अवस्था हटेको छ। बन्द सडक खुल्ला हुँदा साथ बजारबाट रासन लगायत ढुवानीमा सजिलोसँग ओसारपसार गर्ने काम प्रभावकारी भएको छ। आजभोलि निरन्तर गाडी मोटर जस्ता सवारीसाधन सडकमा चलिरहेका छन। लामो समयदेखि अवरुद्ध भएको सडक पालिकाको आफ्नै डोजरले मर्मत गरेर खुलेपछि गाउँ सर्वसाधारण खुशी भएका स्थानीय नन्द बहादुर रावलले बताए।

कमेन्टहरु