कावासोतीमा अत्याधुनिक पेट्रोल पम्प बनाउँदै प्रहरी

नवलपुर टुडे


कावासोती, भदौ ७ गते । पूर्वी नवलपरासीको कावासोतीमा अत्याधुनिक प्रविधिसहितको नयाँ पेट्रोल पम्प निर्माणको काम सुरु भएको छ । प्रहरीको नाममा महेन्द्र राजमार्गमा रहेको २२ कठ्ठा जग्गामा अत्याधुनिक पम्पमा इभी चार्जिङ स्टेशन, कफीसप रहने गरी प्रहरीले पम्प खोल्न लागेको हो । शुक्रबार प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले कावासोतीमा निर्माण गर्न लागेको प्रहरी कल्याण कोष पेट्रोलपम्पको शिलान्यास गर्नुभएको हो ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) राईले नवलपुर प्रहरी कार्यालय नजिक रहेको प्रहरीको जग्गामा खोल्न लागेको पेट्रोल पम्पले स्थानीयलाई सहज हुने बताउनुभयो । प्रहरी आफैँले पम्प सञ्चालन गर्दा बन्द हडतालका बेलासमेत नियमित रूपमा सञ्चालन हुुँदा उपभोक्तालाई सहज हुने बताउनुभयो । इभी चार्जिङ स्टेशन नजिक नहुँदा चितवन पुग्नुपर्ने बाध्यता थियो । अब यो बाध्यता हट्ने हुँदा सवारी चालकलाई सहज हुनेछ ।
बगैँचा र पर्याप्त गाडी पार्किङ क्षमताको यो पम्प नेपालकै नमुना हुने प्रहरीको भनाइ छ । यो पम्प १० करोड ८० लाखको लागतमा प्रहरी कल्याण कोष पेट्रोल पम्पको निर्माण कार्य सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय र फलफूल चोकनजिकमा खुल्ने पम्प निर्माणको काम आगामी १८ महिनामा सम्पन्न हुने बताइएको छ ।

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना

नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस
अरुपनि पढ्नुहोस
सबै
क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
















