समाज

गौर- भारत बोर्डर खुल्ने समय थप

अशोक यादव
२०८१ साउन ३१ | बिहान ०७:०४ बजे

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहट गौरमा बुधबार बसेको सर्बदलिय बैठकबाट नेपाल गौर- भारत (बैरगनिया) बोर्डर नेपाली समय १०.१५ रातिसम्म खुला रहने निर्णय गरिएको छ। सो निर्णय कार्यान्वयन भएपछि बोर्डर (ढाँड) खुल्ने समय  बढेको हो । यस निर्णयले दुबै देशका नागरिक खुसी भएका छन् ।

राैतहट जिल्लासग सिमाना जाेडिएकाे गाैर बाैरगिनया बाेडरमा पहिलादेखि चाडै बन्द हुने समस्याले बाेडर साईडका जनताहरूले अबेर राति भारतबाट नेपाल आउनमा सास्ती खेपिरहेका थियो । बेलुकी ७.३० बजे बाेडर बन्द भएपछि नेपालबाट भारत र भारतिय बजारबाट ओहरदाेहर गर्न सर्वसाधारणले बाेडर चाडैं बन्द भएकाे कारण फुटपाथमा रातभरि बस्ने बाध्य हुनथ्याे ।

गाैर बाेडरसग करिव २२ किलोमिटरसम्मका जानताहरूले सामान किन्न भारतीय बाेडर तर्फ जाने गर्छ । भारतकाे बैरगिनिया, सितामडी र माेतिहारी लगायतका ठाउँ नेपालबाट सामान किन्न जाने गर्छ । अबेर रातिका समय सम्म ओहर दाेहर गर्ने क्रममा अलिढिलाे रेलआउदा बाेडर बन्द हुने गर्थे त्याे समस्याले नेपाली जन्ता तथा भारती बाेडर साईडका नेपाल आउने जनताले सास्ती खेप्नु पर्थ्याे ।

कमेन्टहरु