गुल्मीमा बिषादी च्याउ खादा ८ जना बिरामी


गुल्मी । के तपाईं पनि बर्षा यमको समयामा चिन्दै नचिनि जंगली च्याउ खादै आउनुभएको छ । खादै आउनु भयको छ, भने अब बन्द गर्नु होस। गुल्मीमा जंगली विषालु च्याउ खाँदा एकै परिवारका सातजना र एक पाहुना गरी आठजना बिरामी परेका छन् ।
गुल्मीको रेसुंगा नगरपालिका– ८ खानीगाँउका ६५ वर्षीय टोपबहादुर थापाको परिवार बिरामी परेको प्रहरीले जनाएको छ । उनीहरूले रेसुंगा सामुदायिक वनबाट ल्याएको डल्ले च्याउ जस्तो देखिने जंगली च्याउ खाएका थिए ।
टोपबहादुर थापासहित ६२ वर्षीया दिलकुमारी श्रीस, ३८ वर्षीय लक्ष्मण थापा, २९ वर्षीय विकास थापा, १० वर्षीया दीपिका थापा, १२ वर्षीया विनिसा थापा, ४२ वर्षीया सिर्जना काउछा ३९ वर्षीया गीता थापा बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिए ।
उनीहरूलाई बान्ता भएपछि तम्घास अस्पतालमा सामान्य उपचार गरेर लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा रेफर गरिएको केसीले जानकारी दिए । बिरामीहरूको अवस्थामा सुधार आएको प्रहरीले जनाएको छ ।























