समाज

विजयनगरका अध्यक्ष थापाद्वारा शिव पञ्चायन मन्दिरको उद्घाटन

धर्मेन्द्र कुमार कुर्मी
२०८१ साउन २७ | मध्यान्ह ०८:०४ बजे

बिजयनगर । कपिलवस्तुको विजयनगर गाउँपालिका–२ मगरघट्टामा नवनिर्मित शिव पञ्चायन मन्दिरको उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले आइतबार एक कार्यक्रमबीच शिव पञ्चायन मन्दिरको उद्घाटन गरेका हुन् ।

१६ लाख ३५ हजारको बढी लागतमा शिव पञ्चायन मन्दिर निर्माण गरिएको मन्दिर व्यवस्थान समितिका सचिव सन्तोष तिवारीले जानकारी दिए । गाउँपालिकाको १३ लाख, नयाँ नेपाल भजन समुहको १ लाख ८५ हजार र चन्दाबाट १ लाख ५० हजार बढीको सहयोगमा शिव मन्दिर निर्माण गरिएको उनले जनाए ।

photo 2024 08 11 20 07 32

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले हिन्दु धर्मावलम्बीहरुको आस्थाको महत्वपूर्ण कार्य भएको बताएका छन् । उनले अहिले धर्म परिवर्तन बढ्दै गएको बताउँदै धर्म, सँस्कृतिलाई संरक्षणमा सबैले जोड दिनुपर्ने बताए ।

विविध प्रलोभनमा परी अन्य धर्ममा जाने गलत प्रवृति बढेकोले हिन्दु धर्मलाई जोगाउन यस मन्दिरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । धर्म परिवर्तनले मानिसमा विचलन ल्याएको बताउँदै सबैले सचेत हुनुपर्ने अध्यक्ष थापाको भनाई छ ।

शिव पञ्चायन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बिष्णुहरि सापकोटाले मन्दिर निर्माणका लागि जग्गादाता, मन्दिर निर्माणका लागि चन्दादाताहरुलाई सम्मान गरिएको बताए । मन्दिर निर्माण जग्गादाता लक्ष्मी सापकोटा र बिष्णु सोतीलाई सम्मान गरिएको उनले बताए ।

कमेन्टहरु