आइतबार दिनभरको प्रयासपछि हात्तीलाई समेत भगाउने बाघ नियन्त्रणमा

नवलपुर टुडे


चितवन, साउन २१ । चितवनको नारायणगढ बजार क्षेत्रमा आइतबार दिनभरको प्रयासपछि बाघ नियन्त्रणमा लिइएको छ । दिनभर फिल्डमा खटिनुभएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बाघको डार्ट टिङ्कुलाइजर सफल भएको जानकारी दिनुभयो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार दिनभरको प्रयास र थप हात्ती ल्याएर घेराबन्दी गरेपछि बाघलाई डार्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालले नियन्त्रणमा लिएको बाघ दुई मिटर ७७ सेन्टिमिटर लम्बाइको भाले बाघ भएको बताउनुभयो ।
आइतबार बिहान ५:२० बजे भरतपुर महानगर–२, बेलटाँडीका पशुपति श्रेष्ठलाई नारायणी नदी किनारमा बाघले आक्रमण गरेको थियो । आक्रमणपछि उक्त बाघ नजिकैको भरतपुर महानगर–१, नारायणगढ क्षेत्रको ढलको पानी प्रशोधनका लागि बनाएको नर्कट र केराको झाडीमा लुकेको थियो ।
बाघ खोजीका लागि प्रयोग गरिएका तीन हात्तीमध्ये दुई हात्ती बाघको गर्जनपछि भागेका र साँझ सौराहा क्षेत्रबाट थप दुई हात्ती ल्याएर खोजी कार्य सफल पारिएको थियो । दिउँसो भागेका दुई हात्तीमध्ये एउटा हात्ती भरतपुर–२६, सिसुवारमा फेला परेको तर अर्को हात्तीको खोजी भइरहेको छ । उक्त हात्ती भरतपुर–१९ पुगेको जानकारी निकुञ्जले दिएको छ । घाइते श्रेष्ठको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना

नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती
अरुपनि पढ्नुहोस
सबै
तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा
















