कृषि हाटबजार महिनाको १५ र २९ गते सञ्चालन गरिने


बाजुरा, श्रावण ११ । कृषि हाटबजार तथा संकलन केन्द्रमा महिनाको १५ र २९गतेका दिनमा नियमित सञ्चालन गरिने भएको छ। बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका र लिबर्ड (रि रास परियोजना) अन्तर्गत कृषि हाटबजार सञ्चालन ल्याएको छ। कृषि हाटबजारलाई मध्यनजर गर्दै यही महिनाको साउन ११ गते कृषि हाटबजार सञ्चालन समितिले बसेको बैठक बाट प्रत्येक महिनाको १५ र २९ गते नियमित रूपमा सञ्चालन गर्ने भन्ने निर्णय गरेको कृषि विकास शाखाले भएको छ।
पालिका भित्रका कृषक लगायत नजिकका पालिकाका कृषकहरुलाई आफूले उत्पादन गरेको सम्पूर्ण कृषि उपज चीजहरु ल्याएर बिक्री वितरण गर्ने सकिने भएको छ। स्वामीकार्तिक खापर गाउँपालिका कृषि विकास शाखा समन्वय र लिवर्ड अन्तरगत रि रास परियोजनाको आर्थिक सहयोगमा गाउँपालिका द्रारा संचालित वडा नम्बर ४ ढुङ्गेबजारमा कृषि हाटबजार तथा संकलन केन्द्र महिनाको २ पटक कृषि मेला हुने स्वामीकार्तिक खापर गाउँपालिकाले जनाएको छ।


















