अपराध

रुपन्देही प्रहरीद्वारा ४ जना फरार प्रतिबादी पक्राउ

नवलपुर टुडे
२०८१ साउन ७ | मध्यान्ह ०७:०४ बजे
फाइल तस्बिर

रुपन्देही, साउन ७ । रुपन्देही प्रहरीद्वारा विभिन्न मुद्दाका ४ जना फरार प्रतिबादी पक्राउ गरेका छन । पक्राउ पर्नेमा सैनामैना नगरपालिका- ११ बस्ने बिष्णु बहादुर शाही, सोही स्थान बस्ने जंग बहादुर चौधरी भन्ने जंग बहादुर थारु, लाल बहादुर सेन ठकुरी र होम बहादुर सेन भन्ने हुम बहादुर सेन रहेको प्रहरी जानकारी दिएको छ ।

उनीहरु सम्मानित रुपन्देही जिल्ला अदालतको मिति २०४७।०९।२४ गतेको फैसला बमोजिम चोरी/अन्य मुद्धामा कैद तथा सजाय भई पश्चात् हालसम्म फरार रहेकोमा कैद तथा सजाय भुक्तानीको लागि फरार प्रतिबादीहरुलाई पक्राउ गर्ने अभियानै चलाएर पक्राउ गरिएको सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए ।

प्रतिवादीहरुलाई इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानित रुपन्देही जिल्ला अदालतमा कैद तथा जरिवाना भुक्तानको लागी पेश गरीएको भट्टले बताए ।

कमेन्टहरु