सर्वोच्च अदालतको सुरक्षामा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा वकिल पक्राउ

नवलपुर टुडे
२०८१ साउन ७ | मध्यान्ह ०७:०४ बजे

काठमाडौं । सर्वोच्च अदालतको सुरक्षामा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको आरोपमा एकजना वकिल पक्राउ परेका छन् । एक महिला प्रहरी जवानमाथि हातपात गरेको आरोपमा माइतीघर मण्डलास्थित लिंकन ल फर्ममा कार्यरत २८ वर्षीया लुमा चौधरी पक्राउ परेकी हुन् ।
उनीमाथि अभद्र मुद्दामा अनुसन्धान भइरहेको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए । पक्राउ परेकी चौधरीलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।
यसअघि जिल्ला अदात काठमाडौंमा खटिएको प्रहरी माथि समेत वकिलले हातपात गरेका थिए ।























