जमिनको विवाद मिलाइदिन आग्रह गर्दै घरैमा पुगेका समूहले नैरायको हत्या गरेको आशंका

नवलपुर टुडे


काठमाडौं । जग्गाको विवाद मिलाइदिन आग्रह गर्दै घरैमा पुगेका समूहले नै सर्लाहीका रामचन्द्र रायको हत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । उनी पूर्वभूमिसुधार राज्यमन्त्रीसमेत हुन् । ८० वर्षीय रायको उनकै निवास सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ मा गएराति हत्या गरिएको हो ।
सर्लाही प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ । प्रहरीका अनुसार रायको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको खुलेको छ । उनको टाउकोको बायाँपट्टी भागमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ । धनुषाको लालगढबाट कुकुरसहितको टोली लिएर प्रहरी घटनास्थल पुगेको छ ।
मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) यज्ञविनोद पोखरेलको टोली पनि घटनास्थलमा पुगेको छ । प्रहरीले रायको घरमा काम गर्ने युवासँग सोधपुछ अघि बढाएको छ । उनले प्रहरीलाई दिएको प्रारम्भिक सोधपुछका क्रममा आइतबार साँझ नै तीनजना युवा रायको घरमा आएका थिए । आफूहरूको जमिनको विवाद मिलाइदिन आग्रह गर्दै रायको घरमा पुगेका थिए ।उनीहरूले नै राति हत्या गरेको आंशका गरेको बताएका छन् ।
यद्यपि, उनले बताएको कुराको थप पुष्टि प्रहरीले गरिरहेको छ भने सोधपुछको काम भइरहेको जनाइएको छ ।

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना

नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस
अरुपनि पढ्नुहोस
सबै
क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
















