अपराध

पूर्वमन्त्री रामचन्द्र रायको हत्या प्रकरणमा सत्यतथ्य जाँचबुझ गर्न राप्रपाको माग

नवलपुर टुडे
२०८१ साउन ७ | मध्यान्ह १२:०४ बजे

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वमन्त्री रामचन्द्र रायको हत्या भएको घटना दुखद् र निन्दनीय रहेको जनाएको छ ।राप्रपाका संस्थापक नेता समेत रहेका रायको गएराति सर्लाहीको चन्द्रनगर गाऊँपालिका-१ स्थित आफ्नै निवासमा अज्ञात समूहद्वारा धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । 

राप्रपाले घटनाको सत्यतथ्य जाँचबुझ गर्न, घटनामा संलग्नको खोजी गर्न र कडा कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।  रायको निधनबाट राप्रपाले आफ्नो संस्थापक सदस्य र तराइ मधेश क्षेत्रको एकजना लोकप्रिय राष्ट्रवादी नेता गुमाएको प्रवक्ता मोहन श्रेष्ठले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमार्mत राप्रपाले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ । 

 

कमेन्टहरु