भरतपुरस्थित क्यान्सर अस्पतालको लेखा अधिकृत घुससहित पक्राउ

नवलपुर टुडे


चितवन, साउन ६ । चितवनको भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत घुस सहित रङगेहात पक्राउ परेकी छन् । लेखा अधिकृत अमृता कोइरालालाई भरतपुर–७, कटहर चोकस्थित बालाज रेस्टुरेन्टबाट आज अपरान्ह घुससहित पक्राउ गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले कोइरालालाई १ लाख ५० हजार नगद र ४ लाख ५० हजारको चेकसहित पक्राउ गरेको सूचना अधिकारी गोविन्दप्रसाद गौतमले जानकारी दिए । कोइरालाले उक्त घुस रकम एक औषधि कम्पनीसंग लिन लागेको बेला अख्तियारले पक्राउ गरेको हो ।
कोइरालाले घुस नलिएसम्म भुक्तानीका लागि चेक नै नबनाउने गरेको आरोप लाग्दै आएको थियो ।

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना

नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस
अरुपनि पढ्नुहोस
सबै
क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
















