विमानस्थलबाट सुनसहित ३ जना पक्राउ

नवलपुर टुडे


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बागलुङ नगरपालिका–४ घर भएका ३६ वर्षीय शम्सेर विक, गुल्मी सत्यवती गाउँपालिका–२ घर भएका ३६ वर्षीय नुम बहादुर थापा मगर र बाराको जितपुर सिमरा उपमहानगरपालिका–२४ घर भएका ४३ वर्षीय साहेव देवन छन् ।
उनीहरुलाई सुन संकलन गरेर लैजान लागेको अवस्थामा ५२ ग्राम पहेँलो धातुको बाला २ थान, औँठी १ थान र चन्द्र बिन्दु १ थान बरामद गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
हिमालयन एयरलाईन्सको उडानद्वारा नेपाल आएका शम्सेर र नुम बहादुरलाई ९–९ हजार रुपैयाँ दिएर भन्सार छली गरेको सुन साहेवले अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियामा संकलन गरेका हुन् । आरोपीहरुलाई कानुनी कारबाहीका लागि प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ ।

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना

नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस
अरुपनि पढ्नुहोस
सबै
क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
















