रुकुमपश्चिममा तीन नाल बेवारिसे भरुवा बन्दुक बरामद

नवलपुर टुडे


रुकुमपश्चिम, साउन २। रुकुमपश्चिममा तीन नाल बेवारिसे भरुवा बन्दुक बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले बाँफिकोट गाउँपालिका वडा नम्बर १ तासुकाँडाबाट बेवारिसे अवस्थामा रहेका तीन थान भरुवा बन्दुक बरामद गरेको जनाएको छ।
कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार गादापार्ने सामुदायिक वन भित्र रहेको ओढारमा लुकाई राखेको अवस्थामा बन्दुक बरामद गरिएको हो। ओढारमा हतियार लुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी पिपलबाट खटिएको प्रहरी टोलीले हतियार बरामद गरेको हो।
बेवारिसे अवस्थामा फेला पारेका भरुवा बन्दुक रित पूर्वक बरामद गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो। हतियार कसले र किन ओढारमा लुकाएको हो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ रहेको छ।

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना

नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस
अरुपनि पढ्नुहोस
सबै
क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
















