काठमाडौंबाट ९६० ग्राम सुन तस्करीका योजनाकार पक्राउ


काठमाडौं, साउन १ । ९६० ग्राम सुन तस्करीका योजनाकार पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काभ्रे महाभारत गाउँपालिका वडा नं. २ का विकास योन्जनलाई पक्राउ गरेको हो।
उनलाई प्रहरीले मंगलबार चाबहिलस्थित स्मार्ट पार्टी प्यालेसबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार असार २५ गते बिहान साढे ९ बजे दुबईबाट हिमालयन एयरलाइन्सबाट बाबुलाल दोङ भन्ने काठमाडौं आइपुगेका थिए।
उनले सुन ल्याएको छ भन्ने सूचना पाएपछि प्रहरीको टोलीले उनलाई काठमाडौं महानगर वडा नम्बर ९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर हिँड्दै गर्दा फेला पारेको थियो।
प्रहरी वृत्त गौशालामा लग्दा उनले मलद्वारमा ९६० ग्राम सुन लुकाएर ल्याएको फेला परेको थियो। उनीमाथि सोधपुछ गर्दा उक्त सुन विकासको भएको बयान दिएका थिए। त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
थप अनुसन्धानका लागि दुबै जनालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ।






















