Opens in a new tab

गृह मन्त्रालयका कर्मचारी प्रहरी नियन्त्रणमा

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौं, असार २७ । गृहमन्त्री र गृहसचिवको नाम लिएर भिजिट भिसामा मानिस विदेश पठाउन दबाब दिएको आरोपमा गृह मन्त्रालयका कर्मचारी निर्मल विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विष्टले ‘गृहमन्त्री रवि लामिछाने, उनको सचिवालय र गृहसचिव एकनारायण अर्याल लगायतसँग कुरा भइसकेको छ’ भन्दै गत असार २१ गते थाइल्याण्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुरेश पन्थीलाई टेलिफोनबाट दबाब दिएको आरोप छ।

प्रमुख अध्यागमन अधिकृत पन्थीले दबाब अस्वीकार गरी मन्त्रालयमा सोधखोज गरेपछि विष्टको संलग्नता खुलेको गृह मन्त्रालयले जनाएको छ। गृहमा रहेर भिजिट भिसामा विदेश पठाउने धन्दामा संलग्न रहेको भन्दै गृहसचिव अर्यालले असार २५ गते विष्टलाई सेवाबाट हटाएका थिए। तर उनले जागिर थमौतीका लागि भन्दै गृहमन्त्री लामिछानेलाई भेटेका थिए।

उनीमाथि थप अनुसन्धान गर्न प्रहरीको जिम्मा लगाएर पठाइएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ। विष्टलाई मानब बेचबिखन अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको हो। विष्ट २०७५ सालदेखि कम्प्युटर अपरेटरका रुपमा गृह मन्त्रालयमा कार्यरत थिए।

अरुपनि पढ्नुहोस

सबै

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे

किवीले दिएको सफलताको स्वाद

२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे