प्रहरीले अफलाइन राईडिङमा मोटरसाइकल दुर्घटना गराएर फरार तीन जना पक्राउ

नवलपुर टुडे
२०८१ असार २४ | मध्यान्ह ०३:०३ बजे

काठमाडौँ । प्रहरीले अफलाइन राइडिङमा मोटरसाइकल दुर्घटना गरी फरार रहेका तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला चन्दनाथ नगरपालिका वडानम्बर ८ घर भएका तेज रावल, जुम्ला गुठीचौर ५ का पदम धिताल र जुम्ला गुठीचौर ४ का सुरेश अधिकारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार उनीहरुले काठमाडौँका विभिन्न स्थानमा दुर्घटना गराएको प्रहरीले जनाएको छ । उनीहरूमध्ये तेज रावलले चलाएको मोटरसाइकल पछाडि बसेकी अनु गुरुङ खसेको र पदम धितालले चलाएको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

















