ओछ्यानबाट भुइँमा खस्दा जमेको पानीमा डुबेर शिशुको मृत्यु

नवलपुर टुडे
२०८१ असार २४ | बिहान १०:०३ बजे

धनगढी, असार २४ । कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर ७ महिने शिशुको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–१ को पहरियामा आइतबार घरमा जमेको पानीमा डुबेर ७ महिनाको मृत्यु भएको हो ।
कृष्णपुर नगरपालिका–१ को पहरियामा आइतबार घरमा जमेको पानीमा डुबेर ७ महिनाका सोनु धानुकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले सुतिरहेका बेला ७ महिने शिशु सोनु धानुक ओछ्यानबाट भुइँमा खसेकी थिइन् । भुइँमा जमेको पानीमा डुबेर धानुकको घरमै मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।






















