राेजगारीकाे बाहनामा हाकिम गरे महिला श्रमिक माथि शाेषण


काठमाडौं । काठमाडौंकाे बालुवाटारमा कार्यालय रहेर देसकाे सातै प्रदेसका सबै जिल्लाहरुमा सरसफाइकाे काम गर्दै आएकाे गरुड सपाेर्ट सर्भिसेज कम्पनीकाे अफिसरले महिला कर्मचारी माथि महिला हिंसा जन्य गतिविधि गरेकाे पाईएकाे छ।
काठमाडौंकाे तिनकुनेस्थित एक बैककाे शाखा कार्यालयमा कार्यरत ती महिला कर्मचारीलाई कम्पनीकाे अफिसर निरज देउलाले गत शुक्रबार बिहान ९:४५ तिर सिसि क्यामेरा नभएकाे ठाउँमै लगेर हातपात गरेकाे भनी ती पिडित महिला कर्मचारीले साेही दिन तीनकुने प्रहरी कार्यालयलाई जानकारी गराएकी थिईन।
कम्पनीले उपलब्ध गराएकाे युनिफर्म नलगाएकाे आराेपमा निज निरजले महिला कर्मचारीकाे सम्वेदनशिल अंगमा हात लगाउदै विभिन्न अपशब्द प्रयाेग गरेर गाली गलाैज गरेकाे बुझिएकाे छ।
कम्पनीकाे नियम उलङ्घन गरेकाे थियाे भने कम्पनीकाे नियम अनुसार अन्य तवरबाट कार्वाही गर्न सकिनेमा एउटा महिला कर्मचारीलाई याेजनाबद्ध तवरले यस्ताे ब्यवहार गरिनुले निज निरज देउला मात्र नभई कम्पनीमा कार्यरत अफिसरहरुले अन्य स्थानहरुमा कार्यरत महिला कर्मचारीहरु माथि पनि यस्ता घटना घटाईरहेका त छैन भन्ने शंका मात्र उब्जेकाे छैन देसकाे बिकराल बेराेजगारीकाे फाईदा उठाउँदै समयमा पारिश्रमिक नदिने, दबाबमा राखेर काम लगाउने जस्ता कर्तुत याे कम्पनीने गर्दै आएकाे बुझिएकाे छ।
कम्पनीमै कार्यरत एक कर्मचारीकाे अनुसार कम्पनीका अपरेसन मेनेजर उत्सव जि सि आफैले नै अफिसियल कर्मचारीरहरुलाई अफिसियल जाेडी समेत मिलाउने र नमान्नेहरुलाई बिभिन्न बाहानामा दुख दिने गरेकाे समेत दाबी गरेकाे छ। पुनस्च त्यस्ता जाेडी कर्मचारीकाे नाम भने उल्लेख नगरी गोप्य राखिएको छ । आवस्यक परेकाे खण्डमा अडियाे रेकर्डहरु उपलब्ध गराउन सकिने छ।
निज पिडित महिला कर्मचारीले प्रहरीमा जानकारी गराए पश्चात् गत आईतबार आपसमा छलफल गरी यथास्थानमा काम गराउने आपसी सहमति सहित मेलमिलाप गरेका थिए तर, मेलमिलाप गरे पनि यसलाई उनै उत्सब जि सिले बैककाे केन्द्रीय कार्यालयमा पिडित महिला कर्मचारीले मुद्दामामला गरेकाे हुनाले कम्पनीले यस्ताे कर्मचारी नखटाउने भने जानकारी गराएका थिए तर खास ती महिलाले मुद्दा भने गरेकी थिईनन्। यसै बिषयलाई कारण बनाई ती पिडित कर्मचारीलाई काममा समेत नखटाएकाे बुझिएको छ।
यस्तै, माछापुच्छ्रे बैंक र फेडेक्समा कार्यरत कर्मचारी माथि पनि अहिलेकै महिला कर्मचारीमाथि गरेकाे सैलिमा ती अफिसर निरज देउला, बिनाेद श्रेष्ठ, उत्सव जि सि, नबराज डंगाेल लगायत लागेर ती पिडित महिला कर्मचारीहरुलाई उदृत गर्दै अफिसमा कार्यरत अर्का कर्मचारीले जानकारी दिए।
यी र यस्ता कर्तुतहरु लुकाउन अपरेसन म्यानेज उत्सव जि सिले सरसफाइकाे कर्मचारीहरुलाई काम नदिने, दिए पनि लाेकेसन नमिलने ठाउँमा खटाएर राजिनामा दिन बाध्य पार्ने गरेकाे पिडितहरुकाे गुनासाे छ।
श्रम ऐन अनुसार कुनै पनि राेजगार कम्पनीले कामदारलाई शाेषणपूर्ण तवरले काममा लगाउन नहुने स्पष्ट बताईरहेकाे अवस्थामा गरुड सपाेर्ट सर्भिसेज प्रा.लि.का अपरेसन मेनेजर उत्सव जि सिले गरेकाे हर्कतले श्रमिकमाथि शाेषण गरेकाे देखिन्छ।






















