समाज

तीन दिने नेतृत्व विकास एवं क्षमता अभिवृद्धि तालिम सम्पन्न

रामएकवाल राम
२०८१ असार १४ | मध्यान्ह ०५:०३ बजे

लहान । सप्तरीको सुरुङ्गा नगरपालिका -१ मा अवस्थित जनचेतना दलित सङ्गममा ३ दिने नेतृत्व विकास एवं क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ। जनचेतना दलित सङ्गम सप्तरीको आयाेजना तथा सुरुङ्गा नगरपालिकाको सहयोगमा ३ दिने नेतृत्व विकास एवं क्षमता अभिवृद्धि तालिम गरिएको हाे।

जनचेतना दलित सङ्गमका अध्यक्ष रामलखन रामकाे अध्यक्षतामा तथा सुरुङ्गा नगरपालिका -४ का वडा अध्यक्ष देवेन्द्र प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा समाजासेवी, पत्रकारहरुको सहभागीतामा शनिबार तालीम सम्पन्न भएकाे हाे।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि चौधरीले तालिम सिकाईकाे त्यो विधि हाे जसका माध्यमबाट ज्ञान,तत्परता र सीप हासिल हुन्छ । जसले गर्दा क्षमता अभिबृद्धि र व्यवहारमा परिवर्तन ल्याउछ। नेता भनेकाे अगुवा हाे, अगुवा भनेकाे समाजको पथप्रदर्शक पनि हाे।

त्यसकारण समाजको अगुवा भनेकाे समग्र समाजको नेता हाे जसको कुशल नेतृत्वकाे अहम भुमिका रहेको हुन्छ । कुनै पनि व्यक्तिलाई समाजको अगुवाइ गर्न सक्ने क्षमताको विकास गराउनु नै नेतृत्व विकास हाे। तालिमले ज्ञान, सिप र व्यवहार परिवर्तन गर्दैछ तसर्थ आफुले जानेको सिकेको कुरा साथिहरुमा जानकारी गराउने र व्यवहार परिवर्तन गर्ने भन्ने कुरामा जाेड दिनु भएको थियोे।

साे नेतृत्व विकास एवं क्षमता अभिवृद्धि तालिममा सुरुङ्गा नगरपालिका-४ का ३५ जनाकाे सहभागीता रहेको थियो । नेतृत्व विकास एवं क्षमता अभिबृद्धि तालिमकाे प्रशिक्षण अर्जुन थपलिया र हरिनन्दन रामले गरेको आयोजक संस्थाको निर्देश इन्द्र रामले जानकारी गराउनु भयो।

कमेन्टहरु