समाज

जेष्ठ नागरिक तथा पुर्णआपाङ्गलाई वडाअध्यक्षले गरे सम्मान

अशोक यादव
२०८१ असार ६ | मध्यान्ह ०४:०३ बजे

रौतहट, असार ६ । कटहरिया नगरपालिका- ४ का वडाअध्यक्ष चन्दन कुमार कुशवाहाले बिहिवार एक कार्यक्रमका बिच १५ जना जेष्ठ नागरिक तथा अपांगलाई सम्मान गरेका छन ।

राैतहट जिल्लाका १८ वटा स्थानीय तह मध्य यस्तो कार्यक्रम ४ नम्वर वडाले गरेका छन । अन्य पालिकाका वडाले अहिलेसम्म यस्तो कार्यक्रम गरेको छैन । साे वडाका वडा सदस्य रामइश्वार यादव, रामचन्द्र साह कलवार, बिनोद साह, गणेश साह कलवार, वडा सचिव छोटे मिश्रा लगायत स्थानीय समाजसेवीहरुको उपस्थितिमा जेष्ठ नागरिक तथा पुर्ण आपाङ्गब्यक्तिहरुको सम्मान गरेका हुन ।

उक्त कार्यक्रमले आफ्नो वडाबासीकाे सम्मानलाई गरिमा पुर्याउनुकाे साथै, धैरै भन्दा धेरै सम्मान, सहयाेग र मर्यादाकाे क्रममा माथि पुर्‍याई जेष्ठ नागरिक तथा आपाङ्गहरुको होसला बुलन्द गर्नुकाे साथै आउने दिनमा वडाबाट हुने जे जतिसुकै सम्मान तथा सहयाेग वडाका सम्पुर्ण वासीलाई गर्ने अध्यक्ष कुशवाहाले बताए ।

कमेन्टहरु