सुदुरपश्चिम प्रदेश

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

नवलपुर टुडे
२०८१ जेष्ठ ३ | मध्यान्ह १२:०२ बजे

काठमाडौं, जेठ ३ । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन् ।

उनको पक्षमा २८ मत आउँदा विपक्षमा शून्य मत आएको थियो । नेकपा एसका सोडारीलाई एमाले, माओवादी, नाउपा रन्जिता पक्ष र स्वतन्त्र सांसदले विश्वासको मत दिए ।

तर, कांग्रेस र नाउपा रेशम पक्षका सांसदहरू भने बहिष्कार गरेका छन् ।

 

कमेन्टहरु